नक्कली प्रतिनिधि बनाएको भन्दै एनएआरएन सम्मेलनमा हंगामा, भोलि नयाँ नेतृत्वका लागि मतदान (भिडियाे) काठमाडौंमा जारी आठौं एनआरएन विश्व सम्मेलनमा भाँडभैलो मच्चिएको छ । नक्कली प्रतिनिधि बनाई दर्ता गरेको भन्दै हंगामा भएको हो ।
एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका करिब ६० जनाको नाम दर्ता गरेको भन्दै अमेरिकाका साधारण सदस्य नारायण थापाले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् । सो विषयमा विवाद उत्पन्न हुँदा एनआरएन प्रतिनिधिबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो ।संघको अध्यक्ष पदका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सम्मेलनमा ७० भन्दा बढी देशका दुई हजार बढी प्रतिनिधि सहभागी छन् । एनआरएनए निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार आज अपरान्ह ३ बजेदेखि भोलि विहान साढे ८ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने छ ।
भोलि बिहान साढे ९ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । साढे ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारको मनोनयन उपर दावी विरोधको लागि समय तोकिएको छ । विहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ता र छानविनको लागि समय तालिका छ ।
यस्तै, मध्यान्न १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितीले जनाएको छ । अपरान्ह १ बजेदेखि ६ बजेसम्म मदतान हुनेछ । मतदान सम्पन्न भएको १ घण्टापछि मतगणना गरिने र भोलि बेलुका ८ बजेसम्म मतपरिणाम घोषणा गरिने तयारी छ ।
म्यादी प्रहरीलाई नयाँ अवसर२० जेठ, काठमाडौं । विगतमा ८ सय जिल्लाको अवधारणा ल्याएर चर्चा कमाएका माओवादी नेता गोपाल किरातीले अहिले चुनावमा परिचालन गरिएका म्यादी प्रहरीहरुलाई प्रदे…Read More