किन दिए प्रचण्डले जनार्दनलाई पुरस्कार, अनि टोपबहादुरलाई दण्ड ? यस्तो छ खासकारण

भिडियो सहित हेर्नुहोस !
Advertisement


माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पालामा उर्जामन्त्री बनेका जनार्दन शर्मा गृहमन्त्रीका रुपमा सरकारमा फेरि दोहोरिने सौभाग्य पाएका छन् । तर, यसअघि नै उर्जामन्त्री बनेका टोपबहादुर किन पछाडि पारिए ? प्रचण्डले जनार्दनलाई पुरस्कार र टोपबहादुरलाई दण्डको नीति अपनाउनुको कारण भने निकै लामो छ । खासगरि, टोपबहादुरमाथि तीन वटा आरोप लगाइएको स्रोतको दाबी छ ।

स्रोत भन्छ,

१) टोपबहादुर कहिल्यै पनि प्रचण्डका विश्वासिला पात्र होइनन् । बाबुराम भट्टराई माओवादीमै हुँदा उनी बाबुरामका खास मान्छे भनेर चिनिन्थे । तर, जनार्दनसँधै प्रचण्डको प्रवक्ताझैं बने ।

२) प्रचण्ड नेतृत्वको सरकारले सिंमाकन हेरेफेर गर्ने निर्णय गर्दा पार्टीका संसदीय दलका उपनेता समेत रहेका टोपबहादुर विरोधमा उत्रिए । उनले प्रचण्डलाई चुनौती दिँदै लुम्बिनीका जनतालाई उचाले । एमालेलाई साथ दिए ।

३) एमाले-माओवादी गठबन्धन सरकारको पालामा उर्जामन्त्री थिए, टोपबहादुर । उर्जामन्त्री हुँदा विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्लेसँग मिलेर कुलमान घिसिंगलाई पेल्ने काम गरे । तर, टोपबहादुरको यो खेललाई माओवादीभित्रकै जनार्दन शर्माले समाप्त पारिदिए ।

प्रचण्डले सँधै कर्नरमा पारेका टोपबहादुर बाबुराम भट्टराईले नयाँ पार्टी खोले पनि माओवादी केन्द्र छाडेनन् । तर, आफूलाई सिध्याउन पार्टीभित्रकै नेताहरु लागेको उनले नेताहरुसँग गुनासो गर्ने गरेका छन् ।

बुधबार मन्त्री छान्नका लागि बसेको पार्टी हेडक्वार्टरको बैठकमा पनि उनको खासै सुनुवाई भएन् । संसदीय दलका नेता प्रचण्डले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गरिसकेकाले अब आफ्नो पालो आउनुपर्ने उनको माग थियो । टोपबहादुर संसदीय दलका उपनेता हुन् । उनले माओवादीका तर्फबाट देउवा सरकारमा उपप्रधानमन्त्रीसहित देउवा सरकारमा नेतृत्व गर्न चाहेका थिए । तर, प्रचण्ड, रामबहादुर थापाको समूह उनीप्रति सकारात्मक देखिएन् । यहीकारण उनी यसपटक कर्नरमा परेका छन् ।

Related Posts: