प्लास्टिकका पोकामा सय भन्दा बढी शव=>

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्राडा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ । आजको राजधानी दैनिकमा खबर छ ।

फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई वर्षअघिदेखि सनाखत हुन नसकेर अलपत्र अवस्थामा रहेका सयभन्दा बढी शव कहाँ र कसरी तह लगाउने भन्ने विषयमा उनी चिन्तित छन् । ‘सरकारले लिनुपर्ने चिन्ता मैले लिनुपरेको छ,’ उनले गुनासो गरे ।

‘दिनैपिच्छे बढ्दो सडक दुर्घटना र आत्महत्याका कारण पोस्टमार्टम गर्न ल्याउने शवको संख्या बढिरहेको छ । जुन मृतकको कोही छैन र पहिचान भएको छैन, त्यस्ता शवहरूको चाङ छ ल्याबमा,’ विभागीय प्रमुख प्राडा. श्रेष्ठले भने । उनका अनुसार सो ल्याबमा पोस्टमार्टमपछि भण्डारण गरिएका शवको संख्या अहिले सयभन्दा बढी छ । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पमा परी मृत्यु भएर पोस्टमार्टम गरिसकिएका ३० भन्दा बढी शव अझै त्यहाँ छन् । यति धेरै शव राख्ने क्षमता ल्याबसँग छैन । एकमाथि अर्को शव खप्ट्याउनुबाहेकको विकल्प छैन ।

Related Posts: