आश्विन २९, २०७४-सूर्यविनायक नगरपालिका–७ गुण्डुकी कृष्णमाया नगरकोटीको साढे दुई तलाको घर भूकम्पको धक्काले क्षतिग्रस्त भयो । करिब २९ महिनायता उनको परिवार क्षतिग्रस्त धराप घरलाई मर्मत गरी अस्थायी रूपमा बसोबास गरेका छन् ।
यतिखेर भूकम्पपीडित कृष्णमायाको घर मखमली फूलको मालाले भरिभराउ छ । ‘मखमली फूलको माला गाँस्न थालेको तीन महिना भयो,’ उनले भनिन्, ‘माला गाँस्दै झुन्ड्याउँदै गर्छौं, अन्त झुन्ड्याउने ठाउँ छैन टहरामै सुकाउँछौं ।’ प्रत्येक वर्ष २ हजारदेखि २५ सय माला बिक्री गर्दै आएको उनी बताउँछिन् ।
नगरकोट नगरपालिका–९ ताथलीकी सुचिता बनमालाको परिवारले भूकम्पले क्षतिग्रस्त घरको भग्नावशेष व्यवस्थापन गरी जस्ताको अस्थायी टहरा निर्माण गरेका छन् । उनले सोही टहरामा मुख्य खेती मखमली फूलको माला गाँसेर व्यवस्थापन गर्ने कोसिस गरेको बताइन् । ‘कतिपय माला टहरामा झुन्ड्याएका छौं, कतिपय सुकाएर पनि बिक्रीका लागि बोरामा प्याक गरी सक्यौं,’ उनले भनिन्, ‘लक्ष्मीपूजासम्म मखमली फूलको माला बिक्री भइसक्छ ।’ सुचिताले करिब ४ रोपनी क्षेत्रफलमा मखमली फूल खेती गरेकी छन् । यस वर्षको तिहारका लागि ४ हजार माला तयार भएको उनी बताउँछिन् । मखमली फूलको माला किन्न व्यापारीहरू कृषकको घरघर पुग्छन् । कतिपय कृषकहरू फूलको माला व्यापारका लागि असन, इन्द्रचोकसम्म जाने गरेका छन् ।
तिहारको संघारमा भक्तपुरको गुण्डु, ताथलीका कृषकहरू मखमली फूल टिप्न, गाँस्नमा व्यस्त छन् । यस भेगका भूकम्पपीडित कृषकले तिहार आउनु तीन महिनाअघि देखिनै माला गाँसेर बिक्री गर्न थालेका हुन् । दिदीबहिनी/दाजुभाइको आत्मिय संगम तिहारमा दिदीबहिनीले दाजभाइलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आशीर्वाद दिने प्रचलन छ ।
प्रत्येक वर्ष यस भेगका महिलाहरूले मखमली फूलबाट ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । घरमा बसी–बसी माला गाँस्छौं, फूल गाँस्न अन्य क्षेत्रका मानिसहरू पनि आउँछन् ।’ एक रोपनी जग्गामा लगाएको मखमली फूलको करिब ६ हजार माला बन्ने समेत उनले बताइन् । प्रतिमाला २० देखि २५ रुपैयाँका दरले बिक्री गर्दै आएको समेत उनीहरू बताउँछन् ।
विशेषगरी तिहारका लागि मात्र प्रयोग हुँदै आएको मखमली फूल छठ पर्वका लागि समेत माग हुँदै आएको कृषकहरू बताउँछन् । भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ
निर्वाचनको ७२ घन्टा अगाडी सीमा बन्द गरिनेमहोत्तरी, जेठ २५–दोस्रो चरणको निर्वाचन (असार १४) हुने दिन भन्दा ७२ घन्टा अगाडी सीमा बन्द गरिने जिल्ला प्रसासन कार्यालय महोत्तरीले जनाएको छ ।इन्डो नेपा…Read More