टेक्नोलोजी अर्थात् प्रविधिको क्षेत्रमा धेरै व्यक्ति प्रसिद्ध छन् । खासगरी फेसबुक, ट्विटर, लिंक्डइन, एप्पल आदि हाम्रा लागि प्रचलित शब्द भएका छन् । यी सबै कम्पनी सञ्चालन गर्न तिनमा सिइओ अर्थात् प्रमुख कार्यकारी अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ ।
एक–अर्कामा सूचना आदान–प्रदान गर्न इमेलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कतिपय व्यक्तिको इमेल इनबक्स भरिएका हुन्छन् । अनावश्यक इमेल जम्मा भएका हुन्छन् । यसका कारण आवश्यक इमेल प्राप्त गर्न पनि समस्या हुन्छ । इमेलमा कति समय दिनु उपयुक्त हुन्छ ? यसमा आ–आफ्नै तर्क हुन सक्छन्, तैपनि महत्वपूर्ण व्यक्तिहरूको इमेल ह्याबिटका बारेमा जानकारी राख्नु राम्रै हुन्छ । एप्पलका सिइओ टिम कुक प्रत्येक दिन बिहान पौने ४ बजे उठ्छन् । त्यसपछि उनी आफ्नो इमेल चेक गर्छन् । कुकले प्रतिदिन ७ सयदेखि ८ सय इमेल प्राप्त गर्छन् । महत्वपूर्ण कुरा के छ भने कुक लगभग सबै इमेल आफैं पढ्छन् । उनी इमेललाई महत्व दिन्छन् ।
लिंक्डइनका सिइओ जेफ विनरले इमेल म्यानेजमेन्टका लागि गोल्डन रुल अपनाएको बताउँछन् । यसको अर्थ आफ्नो इन्बक्समा थोरै मात्र इमेल आयो भने आफूले पनि थोरै इमेल पठाउनुपर्छ । उनले पहिले काम गर्ने कम्पनीमा इमेल धेरै मन पराउने दुई जना कर्मचारीले जागिर छोडेपछि उनको इनबक्स ट्राफिकमा ३० प्रतिशत कमी आयो । यसको अर्थ जेफ विनर धेरै इमेल पठाउन वा प्राप्त गर्न रुचाउँदैनन् । आवश्यक कामका लागि मात्र इमेल गर्नुपर्छ भन्ने उनको मान्यता छ ।
अमेजनका सिइओ जेफ बेजोस आफ्नो इनबक्समा आएका कम्पनीसँग सम्बन्धित इमेललाई फरवार्ड गरी दिन्छन् । यदि कम्पनीको कुनै उत्पादन वा सेवासँग सम्बन्धित गुनासो छ भने इमेलका साथमा प्रश्नवाचक चिन्ह राखेर सम्बन्धित अधिकारीको इमेलमा फरवार्ड गर्छन् जसलाई उनीहरूले विशेष इमेलका रूपमा बुझ्छन् । जेफ बेजोस इमेल गर्दा कम शब्दमा धेरै अर्थ खुल्नुपर्छ भन्ने मान्यता राख्छन् ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई भने थोरै मात्र इमेल आउँछन् । उनलाई हरेक दिन करिब ४० देखि ५० वटा इमेल आउँछन् । गेट्स भन्छन्— ‘म कुनै इमेललाई प्रशोधन गर्छु भने कुनैलाई रातका लागि बाँकी राख्छु । यदि कुनै काम अधुरो छोडे भने त्यसलाई पछि जसरी पनि पुरा गर्ने बिल गेट्सको बानी छ । यो बानी इमेलका सम्बन्धमा पनि लागू हुन्छ ।
हफिंगटन पोस्टकी सह–संस्थापक एरियाना हफिंगटन इमेलका लागि तीन खास नियम पालना गर्छिन् । एरियानाका अनुसार उनी सुत्नुभन्दा आधा घण्टा पहिले कुनै पनि डिभाइसबाट इमेल चेक गर्दिनन् । बिहान उठ्नासाथ इमेल चेक गर्ने उनको बानी छ । त्यसैगरी केटाकेटीसँग भएका बेला पनि उनी इमेल चेक गर्दिनन् । यही बानीका कारण उनले कहिल्यै समस्या भोग्नुपरेको छैन । राति वा अन्य जुनसुकै अवस्थामा इमेल चेक गर्नु उपयुक्त होइन । यसका लागि एउटा समय निश्चित तोक्नु उपयुक्त हुन्छ भन्ने एरियानाको मान्यता छ ।
सालैजो नुवाकोटे नानी वैशाख ८, २०७४- रोजीरोटीका लागि कतारी देश दुनियाँमा बस्दै आएकी नुवाकोटकी नानु घले छोटो छुट्टीमा भर्खरै घर फिरेकी थिइन् । तर, उता कतार छँदाको दौडधुपभन्द…Read More