काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीका एक्ला उम्मेदवार बनेका देउवा र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।
भरतपुरमा माओवादीले मतपत्र च्यातेपछि एमालेले तत्काल मतगणना अघि बढाउन माग गर्दै संसद अवरोध गरिरहेको छ । प्रधानमन्त्रीका एक्ला उम्मेदवार भएपनि एमालेले संसद अवरोध जारी राखेमा देउवा प्रधानमन्त्री हुन समय लाग्ने छ । एमाले र सत्ता गठबन्धनबीचमा परेको गाँठो फुकाउन देउवा बालकोट पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
शान्तिकलीको पहिलो भाईटीका !कार्तिक ३, २०७४-एक वर्षअघि बाँके राष्ट्रिय निकुन्जमा सरुवा भएर आएकी शान्तिकलीले स्थानीयसँग सम्बन्ध बढाएकी छिन् । भाईटीकाको उपलक्ष्यमा स्थानीय प्रशासन,…Read More