समान पक्ष : दुवैलाई नयाँ–नयाँ ठाउँ घुम्न तथा साथीहरू जम्मा गरेर रमाइलो गर्न मन लाग्छ

भिडियो सहित हेर्नुहोस !
Advertisement

दिदी–भाइको सम्बन्ध साथी र अभिभावकजस्तो हुनुपर्ने राय समाचारवाचिका समा थापाको छ । चितवनमा जन्मिएकी समाका भाइ श्रेयस उनीभन्दा १२ वर्ष कान्छा छन् । उमेरमा निकै फरक भएकाले पहिलो समा निकै कडा अभिभावकको भूमिकामा थिइन् भने अहिले २४ वर्षका भाइ साथीजस्तै बनेका छन् । पहिले देखि नै हरेक दिन दुई–तीन घण्टा भाइसँग बसेर उनको पढाइ, रुचि एवं दिनभरिको बेलीविस्तार सुन्ने समाको बानी छ । भाइ नराम्रो बाटोमा लाग्ला भनेर समा उनका हरेक गतिविधिमा उतिकै चासो तथा निगरानी राख्छिन् ।
समा काठमाडौं आएपछि चितवनमा रहेका श्रेयसका बारेमा केही कम्प्लेन आएपछि समाले उनलाई काठमाडौं ल्याएर उज्यालो बाटोमा हिँडाइन्, जसका कारण आज भाइ श्रेयस अध्ययन सँगसँगै व्यवसायमा पनि लागेका छन् । दुवैका साथीहरू एकदमै कम छन् । दिदी–भाइको चाड भाइटीका दुवैलाई असाध्यै मनपर्छ । भाइको दीर्घायुका लागि पूजा गर्ने भएकाले आफूले पनि दिदीका लागि केही गर्नुपर्छ भन्ने मान्यता श्रेयस
समान पक्ष : दुवैलाई नयाँ–नयाँ ठाउँ घुम्न तथा साथीहरू जम्मा गरेर रमाइलो गर्न मन लाग्छ

Related Posts: