जेष्ठ १२, २०७४-सन् २०११ मे १ मा अमेरिकी सेनाको टोलीले आतंकवादी संगठन अल कायदाका नाइके बिन लादेनको हत्या गरेको थियो । उनलाई कसरी मारिएको थियो भन्नेबारे अमेरिकी सरकार र सेनाले विभिन्न पुष्टिहरु प्रदान गरेको थियो । पाकिस्तानको एक घरमा लुकेर बसेका लादेनलाई सेनाले गोली प्रहार गरी मारेको थियो । उनकी कान्छी पत्नी अमलले एक पुस्तकको लागि पहिलो पटक घटनाबारे बयान दिएकी छन् । हत्या हुने बेला अमल लादेनसँगै थिइन् । क्याथी स्कट क्लार्क र एड्रियन लेभीले लेखेको पुस्तक दी एक्साइल : दी फ्लाइट अफ ओसामा बिन लादेनको लागि अमनले अन्तर्वार्ता दिएर हत्या भएको बखतको घटनाक्रम बर्णन गरेकी छन् । लादेनलाई अमेरिकामा सन् २००१ मा भएको सेप्टेम्बर ११ घटनाको मुख्य आरोपी बनाइएको थियो । बेलायती पत्रिका दी सन्डे टाईम्समा प्रकाशित पुस्तक अंशमा अमलको बर्णन प्रकाशित छ । अंश प्रकाशित विवरण अनुसार बिन लादेन पाकिस्तानको अबोटटबादमा रहेको एक घरमा ६ वर्षदेखि लुकेर बसिरहेका थिए । हेलिकप्टरमार्फत अमेरिकी सैनिक घर नजिकै आएपछि लादेनले पत्नीलाई छोराछोरी लिएर अर्को तलामा जान भनेका थिए । पत्नीसँग लादेनले भनेका थिए–उनीहरुलाई म चाहिएको हो, तिमीहरु होइन । लादेनका चारमध्ये चारमध्ये तीन पत्नी उक्त दिन सोही घरमा थिए । अमेरिकी सेना घर नजिकै आउन थालेपछि सबै परिवार सदस्य एक कोठामा जम्मा भएर पार्थना गरेको अमेनले बताएकी छन् । कान्छी पत्नी अमलले छोरा हुसेनका साथ लादेनसँगै बस्ने जिद्दी गरेकी थिइन् । ओसामाका एक छोरा खालिदको हत्या गरी अमेरिकी सैनिक घरतर्फ भित्र छिरेको थियो । अमेरिकी सेना कोठामा पस्नेवित्तिकै अमलले सैनिकलाई रोक्ने प्रयास गरेकी थिइन् तर खुट्टामा गोली लागेपछि उनी बेहोस् भएर ढलिन । उनी होसमा आउँदा बिन लादेन मारिइसको थिए र डरले कापीरहेका छोरा हुसेन लादेशको शवलाई समाएर बसेका थिए ।
दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु हुग्दीखोला (धादिङ): पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै म…Read More
अनिता लामा सधैं पहिलोबौद्धस्थित जेनेसिस एकेडेमीबाट गत साल ए प्लस (जीपीए ३.६५) ल्याएर एसएलसी पास गरेकी अनिता लामा जीवनमा कहिल्यै दोस्रो भएकी छैनन् । स्कुलमा सधैं प्रथम स्था…Read More