एउटा फिल्म हिट हुनासाथ पैसाको लोभमा पाए जति फिल्म खेल्ने कलाकारको हुलमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


एउटा फिल्म हिट हुनासाथ पैसाको लोभमा पाए जति फिल्म खेल्ने कलाकारको हुलमा खगेन्द्र लामिछाने अटाउँदैनन् । उनी अभिनीत टलकजंग भर्सेज टुल्के अब्बल ठहरियो । यही सफलतालाई कायम राख्यो, पशुपतिप्रसादले । यी दुई फिल्मका उनी हिरो मात्र होइनन्, लेखक र लगानीकर्ता पनि हुन् । बाहिरी ब्यानरबाट अफर नआएको होइन तर पटकथा चित्त नबुझेपछि कस्को के लाग्छ ? खगेन्द्रले खेलेनन् । अवार्ड सोहरुमा सहभागी हुन्नन् । त्यसैले उनीमाथि ‘आमीर खानझैँ हुन खोजेको’ आरोप पनि लागिरहेको छ । तैपनि उनी फिस्स हाँसिदिन्छन् । यति ‘रिजर्भ’ अभिनेताको नयाँ फिल्म धनपति २३ असारमा प्रदर्शन हुँदै छ । ट्रेलर रिलिजपश्चात् प्राप्त प्रतिक्रियाले उनी हौसिएका छन् । निर्देशक पनि पशुपतिप्रसादकै दीपेन्द्र के खनाल हुन् । के धनपतिबाट खगेन्द्रले हिट फिल्ममा ह्याट्रिक गर्लान् त ?


Related Posts: