काक्रामा ९५ प्रतिशत पानी हुन्छ त्यसैले शरीरबाट विषाक्त र अवांछित पद्धार्थलाई निकालनमा मद्धत गरी शरीरलाई स्वस्थ र जलमिश्रित राख्नमा सहयोग गर्छ र शरीरमा

भिडियो सहित हेर्नुहोस !
Advertisement
काक्राको बारेमा सबैलाई जानकारि छ , यो यस्तो खाद्य पद्धार्थ हो जुन बर्षको १२ महिना नै उपलव्ध हुन्छ । काक्राले शरिरलाई शितलता र तन्दरुस्त बनाउछ । यसलाई जसरी पनि खान सक्नुहुन्छ जस्तै सलादको रुपमा वा सैन्डविचको रुपमाकाक्रामा ९५ प्रतिशत पानी हुन्छ त्यसैले शरीरबाट विषाक्त र अवांछित पद्धार्थलाई निकालनमा मद्धत गरी शरीरलाई स्वस्थ र जलमिश्रित राख्नमा सहयोग गर्छ र शरीरमा पानीको कमी हुन दिदैन ।

काक्राले शरिरको तौल घटाउनमा मद्धत गर्छ यसमा कैलोरी कम र फाइबर उच्च मात्रामा हुने गर्छ । तौल कम गर्नु छ भने जती सके त्यति धेरै भोक लागेमा आफनो खानामा काक्रा समावेश गर्नु राम्रो हुन्छ र धेरै भन्दा धेरै मात्रामा आफनो डिनरमा शलादको रुपमा काक्रा खानु उचित हुन्छ । यदि दिउसो भोक लागेमा पनि काक्रा खानाले केहि समयसम्म पेट भरिएको हुन्छ ।दैनिक काक्रा खानाले ड्राई स्किन हुने समस्याको पनि समाधान हुन्छ , त्यसैले यो नैचरल माश्चराइजरको काम पनि गर्छ ।कोलेस्ट्रोललाई कम गर्न मद्धत गर्छ काक्राले , यो एउटा यस्तो सव्जी पनि हो जसमा कोलेस्ट्रोल हुदैन । अध्ययन , अनुसार काक्रामा जुन स्ट्रेरोल (कतभचयकि) नामको यौगिक पद्धार्थ हुन्छ त्यसैले कोलेस्ट्रोललाई कम गर्नमा मद्धत गर्छ जसले गर्दा कोलेस्ट्रोल कम गरेर मुटुलाई स्वस्थ राख्नमा मद्धत गर्छ । त्यसैले रातको समयमा काक्रालाई सलादको रुपमा दैनिक खानु फायदाजनक हुन्छ ।दैनिक रुपमा काक्रा खानाले पेटको समस्या हुनेलाई केहि हदसम्म फायदा हुन्छ । जस्तै( कब्जियत , अल्सर आदि ) किनकी यसमा पानीको मात्रा अधिक हुनाले यसले शरीरबाट विषाक्त पद्धार्थलाई निकालिदिन्छ र उच्च फाइबरले पेटलाई सफा गर्नमा मद्धत गर्छ । काक्राले पेटलाई शीतलता प्रदान गर्ने गर्छ र यदि तपाईको मुख गन्हाईरहेको छ भने यसले यो समस्यालाई पनि समाधान गर्ने गर्छ यदि मुख गन्हाउने समस्या छ भने यसलाई समाधान गर्न केहि समयका लागि काक्राको टुक्रा मुखमा राख्नुहोस केहि समय पछि तपाईको मुख गन्हाउने समस्या गायब हुन्छ ।काक्रालाई रेगुलर उपयोग गर्नाले तनाव कम हुन्छ , वर्तमान समयमा भागदौड़ले भरिएको जिंदगीमा तनाव जिंदगीको हिस्सा बनि सकेको छ । काक्रामा विटामिन बी अधिक मात्रामा पाइन्छ जसले हाम्रो शरिरमा भएको अधिक ग्रंथि (adrenal glands ) लाई नियंन्त्रित गरेर तनावबाट भएको क्षतिलाई कम गर्नमा मद्धत गर्ने गर्छ ।

Related Posts: