नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन ।
त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन् । सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन् । सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । पछि उनको नियुक्ति नै खारेज भएको थियो ।
त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन् । एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन । एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन् ।
प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ ।
जिप दुर्घटना हुँदा घटनास्थलमै ४ को मृत्युवण ९, २०७४- बागलुङको जलजलाबाट खर्वाङतर्फ जाँदै गरेको जिप बडीगार्ड-५ ग्वालीचौरमा दुर्घटना हुँदा चालक सहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटन…Read More
फेसबुकले ल्याउँदैछ आफ्नै स्मार्टफोन ?फेसबुकले अहिले एक स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासूसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन् जसको आधारमा फेसबुकले स्मार्ट…Read More
ट्रम्पको अधिकार सीमित पार्ने सहमति ।श्रावण ९, २०७४- अमेरिकी कंग्रेसका दुवै दल राष्ट्रपतीय चुनावमा संलग्नताको सजायस्वरूप रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गर्न सहमत भएका छन्…Read More
नेपालले मलेसियालाई ५ विकेटले हरायो श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्र…Read More