सुर्योदयअघि रातिको २ बजेदेखि बिहान ६ बजेसम्म ब्रम्ह मुहुर्त हुन्छ । यो समय चिन्तन–मनन वा अध्ययनका लागि राम्रो मानिन्छ । बिहान ६ बजेदेखि ९ बजेसम्म सूर्य घरको पूर्वी भागमा आइपुग्छ, त्यसैले घर यस्तो बनाउँनुहोस् कि पर्याप्त सूर्यको किरण परोस् ।त्यस्तै, ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म सूर्य घरको दक्षिण–पूर्वमा हुन्छ ।
यो समय खाना बनाउनका लागि उत्तम मानिन्छ । १२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ ।
यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र पढ्ने समय हो । त्यसैले घरको पश्चिमी कुनामा भोजन वा बैठक कक्षका लागि उत्तम मानिन्छ । राति ६ बजेदेखि मध्य रातिसम्म सुर्य घरको उत्तर पश्चिममा हुन्छ । यो दिशा शयन कक्षका लागि पनि उपयोगी मानिन्छ ।
मध्यरातिदेखि ३ बजेसम्म सुर्य घरको उत्तर–पश्चिमी दिशामा पुग्छ । यो समय अत्यन्त गोपनीय हुन्छ । यो दिशा वा समय मुल्यवान वस्तु तथा सम्पति आदि राख्नका लागि पनि उत्तम मानिन्छ ।
हेर्नुस आज सुनको भाउ कति छअसोज २४, काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैँयाले बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली ब…Read More
आज नेपाल र ताजकिस्तानसँग भिड्दैकाठमाडौं । एसिया कप २०१९ अन्तर्गत छनौट चरणको आफ्नो चौथो खेलमा आज नेपाल ताजकिस्तानसँग भिड्दै छ।खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे ताजकिस्तानको घरे…Read More