स्याङ्जा : निर्वाचन आयोगले स्याङ्जाको गल्याङ् नगर कार्यपालिकाको निर्वाचन यथाशीघ्र पुन ः गर्न आइतबार निर्देशन दिएको छ । vगत जेठ १९ गते सम्पन्न निर्वाचनमा एमाले कार्यकर्ताले मतदान केन्द्र कब्जागरी कांग्रेस र माओवादीका मतदातालाई मतदान गर्न नदिएपछि आयोगले यस्तो निर्णय गरेको हो ।
कुल ५७ मतदाता रहेको उक्त निर्वाचनमा ३१ एमाले, २२ कांग्रेस र ४ माओवादी केन्द्रका मतदाता थिए । कांग्रेस माओवादी भन्दा एमाले ५ मतले बढी थियो । आफ्ना मतदाताले कांग्रेस उम्मेदवारलाई मतदान गर्न सक्ने डरले शंकास्पद १५ मतदातालाई अवलोकन भ्रमण भन्दै पोखरा लगेर होटलमा राखी १९ गते निर्वाचनका दिन सिधै मतदानस्थल ल्याइएको थियो ।
मतदान केन्द्रमा एमालेकै मतदातालाई मतदान गर्न नदिई एमालेका गोपाल भण्डारीले मत खसाली दिएपछि कांग्रेस प्रतिनिधी महेश भट्टराईले विरोध जनाएपछि झडप भएको भट्टराईले जानकारी दिनुभयो । मतदातालाई स्वेच्छाले मतदान गर्न दिनु पर्ने माग राख्दा वातावरण तनावपूर्ण भएपछि कांग्रेस माओवादी केन्द्रले निर्वाचन बहिस्कारगरी स्वच्छ, स्वतन्त्र र भयरहित तरिकाले मतदानमा भाग लिन पुनः मतदानको माग गरेका थिए ।
निर्वाचन अधिकृत ज्ञानराज कोइरालाले सोमबार सबै राजनीतिक दलसंग परामर्शगरी निर्वाचनको तिथि तोक्ने बताउनुभयो ।
दम रोग के हो ? उपचार कसरी गर्ने ?१९ वैशाख, काठमाडौं । आज विश्व आस्थमा दिवस, ‘स्वच्छ वायु, राम्रो सास’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आस्थमालाई चलनचल्तीक…Read More