आश्विन २४, २०७४-सोमबार दिउँसो बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । करिब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले इँट्टा प्रहार गर्यो । गाडीको अगाडिको सिसामा प्वाल पर्यो । चालकले गाडीको गति कम गरेका मात्र के थिए, अन्दाजी ३०/३५ वर्षका युवाले रिभल्वरबाट गोली हानिहाले । गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा गौचनलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्याइयो । अस्पताल पुर्याउनेबित्तिकै डाक्टरहरूले गौचनको मृत्यु भइसकेको घोषणा गरे ।
देउवाले पदभार सम्हाले जेष्ठ २४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्…Read More