जेष्ठ २४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन् । त्यसैको कसरतमा जुटेका देउवाले बुधबार सानो आकारको मन्त्रिमण्डल बनाएका हुन् । मन्त्रालयको टुंगो लागेपछि आफ्नो पक्षमा मतदान गर्ने राजनीतिक दलहरुलाई समेटेर सरकार विस्तार गर्ने तयारी भएको देउवा निकट स्रोतले बतायो ।