आश्विन २४, २०७४-सोच्दै नसोचिएको तथ्य, लियोनल मेसी र अर्जेन्टिनाबिनाको विश्वकप मंगलबार सम्भव हुन सक्नेछ, जति बेला सन् २०१८ को दक्षिण अमेरिकी विश्वकप छनोट अन्त्यमा पुग्नेछ । दुई वर्षअगाडि छनोटको पहिलो खेलमा अर्जेन्टिना घरमै इक्वेडरको हातबाट २–० ले पराजित भएको थियो । यसपल्ट जर्गे साम्पाओलीको टिम अन्तिम खेलका लागि इक्वेडर भ्रमणमा निस्कँदै छ ल हुनेछ, क्विटोमा । यहाँ अर्जेन्टिनाको सम्भावना जटिल मोडमा छ । दुईपल्टको विश्वकप विजेता छैटौं स्थानमा छ । यो स्वत: विश्वकपमा प्रवेश पाउने शीर्ष चारको स्थानभन्दा बाहिर छ । पाँचौंमा पेरु छ र यो स्थानमा रहने टिमले प्लेअफ खेल्नेछ । अर्जेन्टिना र पेरुबीच गोल अन्तरमात्र फरक छ । तेस्रो स्थानको चिली (२६) र सातौंमा रहेको पाराग्वे (२४ अंक) बीच २ अंकको मात्र अन्तर रहेको हुनाले सबै खाले सम्भावना पनि खुला छ । अर्जेन्टिना अन्तिम खेलमा विजयी रहे कम्तीमा पाँचौं स्थानमा रहनेछ । यस्तो स्थितिमा प्लेअफमा उसले न्युजिल्यान्डको सामना गर्नेछ र त्यसमा जितको अपेक्षा राख्न सकिनेछ । क्विटो समुद्री सतहबाट २ हजार ८ सय ५० मिनेट माथि छ । यहाँ खेल्नु निकै कठिन मानिन्छ । इक्वेडरविरुद्ध अर्जेन्टिनाको पछिल्लो प्रदर्शन पनि राम्रो छैन, उसले अन्तिम पटक सन् २००१ मा जित निकालेको थियो । त्यस बाहेक अर्जेन्टिनाले सबै खेल सकिएको क्षण पनि कुर्नुपर्नेछ, किनभने ती सबै एकअर्कामा सम्बन्धित छन् । सबैखाले सम्भावना जीवन्त छ ।
छोरी जन्मेपछि घर निकाला श्रावण १५, २०७४- छोरी जन्माएको ओरापमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ। कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई…Read More
एमालेले छान्यो जिसस उम्मेदवार श्रावण १५, २०७४- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको निर्वाचनका लागि एमालेले सबै पदमा उम्मेदवार टुंगो लगाएको छ।एमाले जिल्ला कमिटी भक्तपुरले जिल्ला सम…Read More
सफल जिवनको लागि १६ वटा सुत्रहरु१. जीवन :- जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उ…Read More
बेसार पानी सेवन गर्नुका आठ फाइदा१. बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ ।२. मस्तिष्कलाई तेजिलो बनाउनुका …Read More