धोकेवाज प्रेमीको एउटा नमुना घटना भारतको लखनउको हजरतगंज महिला थानामा आएर सार्बजनिक भयो । ७ बर्ष लामो प्रेम पछी बिहे गरेको ८ महिना पछी नै उनले श्रीमतीसंग डिभोर्स मागे । डिभोर्स किन गर्ने, के भयो भनेर सोध्दा ति पतिले पत्नीसंगको सम्बन्ध बनाएको गोप्य फोटो र भिडियोहरु सोसल मिडियामा राखी दिए । यस्तोशमिमा र फहद खानको १७ जुलाई २०१६ मा बिहे भएको थियो । शमिमाका अनुसार उनीहरुको भेट करिब ७ वर्षा पहिले भएको थियो । सुरुवात देखि नै फहदले शमिमालाई माया गर्थे अनि उनको पिछा गर्ने गर्दथे । उनको त्यो ब्यबहार देखेर शमिमा पनि मायामा परिन र उनीहरु बीच ७ बर्ष लामो मायाप्रेम चल्यो । अनि १७ जूलाइ २०१६ का दिन पुरा रितिरिवाजका साथ उनीहरुको बिबाह पनि भयो । छ कहानी उनीहरुको बिहे भए पनि फहदको परिवार खुशी थिएन । त्यहि कारण उनले शमिमालाई भाडाको घरमा राखेका थिए । जव उनीहरु भाडाको घरमा बस्न थाल तव सासु ससुराले दाइजो माग्न थाले ।करिब २ महिना पछी २३ अगस्ट २०१६ का दिन फहद साउदी गए । साउदी गएर पनि पत्नी शमिमासंग फोनमा कुरा भइराखेको थियो । यसै बीच फहदका भाइ मालिकले भाउजु शमिमा माथि कुदृष्टिले हेर्न थाल्यो । उसले धेरै पटक भाउजुसंग जवर्जस्ती गर्ने कोशिस गर्यो । यो सब भए पछी शमिमा डराएर सबै कुरा सिधा पति फहदलाई भने ।
सबै कुरा पति फहदले सुने पछी पत्नी शमिमालाई घर फर्किन भने र सोहि अनुसार उनि घर गइन । तर जव उनि घर पुगिन उनले लिएर गएको सबै सामान राखेर शमिमालाई चाहि माइत गएर बस्न भने । जव छोरा आउछ तव आउनु भनेर ।उनि माइत गएर बसीरहेकी थिइन । ५ मार्च २०१७ को दिन देवरले फोन गरेर उनलाई डरलाग्दो धम्कि दिन थाले । उनले आफ्नै दाजु फहदलाई छोड नत्र ज्यान लिन्छु अथवा एसिड हान्छु भन्न थाले । यो धम्किको बारे उनले पुलिसलाई पनि भनिन तर केहि कारबाही भएन । देवरले पुलिस केस नगर्न पनि धम्कि दिए