बुटवलमा ९० करोडको भाटभटेनीमा पहिलो दिन करिब साढे एक करोडको कारोबार

भिडियो सहित हेर्नुहोस !
Advertisement


भैरहवा । नयाँ वर्षबाट बुटवलमा सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटमा पहिलो दिन नै ६० हजार भन्दा बढी उपभोक्ताहरु आएका छन्। उद्घाटनकै दिन भाटभटेनी सुपरमार्केटमा किनमेलका लागि ६० हजार ग्राहक आएको व्यवस्थापन समूहले जनाएको छ ।

‘पहिलो दिन उल्लेख उपभोक्ता आउनुभयो । १३ हजार बिलिङ्ग हुँदा पहिलो दिन कुल १ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ’, भाटभटेनी सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले भने। शुभारम्भका दिन नयाँ वर्षको पहिलो दिनसमेत परेकाले अत्याधिक उपभोक्ता आएका थिए।

‘ओहो कस्तो भीड हो रु यस्तो भीड त दिल्लीको मेट्रो स्टेसनमा पनि देखेको थिइन’, भैरहवाका युवा सुदर्शन पन्तले भने, ‘धेरै मानिस आएपछि सञ्चालकहरुलाई व्यवस्थापन सम्हाल्नै धौ धौ पर्‍यो ।’

पश्चिम नेपालमै पहिलो पटक खुलेको सुविधासम्पन्न ब्यापारिकस्थल। त्यसैले पनि बुटवल, भैरहवा मात्रै होइन वरपरका सबैको आकर्षण बनेपछि भाटभटेनी सुपरमार्केटमा भिड अत्याधिक देखिएको हो। सुपरमार्केटको ग्राउण्ड फ्लोरदेखि नै उपभोक्ताहरुको ठेलमठेल थियो। सञ्चालनमा आएको पहिलो दिननै यति धेरै मानिसहरू उपस्थित होलान् भनेर भाटभटेनी सुपरस्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ्गले सोचेका पनि थिएनन् । कम्पनीका २ सय भन्दा बढी जनशक्तिलाई व्यवस्थापन सम्हाल्न हम्मेहम्मे परेको थियो।

पश्चिम क्षेत्रको व्यापारिक सहर बुटवलबाट आफ्नो व्यापार बिस्तार गरेको हो । छिमेकी सहर भैरहवामा पनि छिट्टै खुल्ने भएको छ । त्यहाँ भवनको शिलान्यास पनि भइसकेको छ । बुटवल शाखा ९० करोड रुपैयाँमा तयार भएको हो। आजको कारोबार दैनिकले खबर छापेको छ।

Related Posts: