गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।
तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ त यस्तो विवाद किन हुँदैन एउटै गोत्रमा विवाह गर्न ? विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् ।
विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन । विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले । मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।
धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ । यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।
कुलमान रोए पछि भारतीय मिडिया पनि चुप बसेनविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध कान्तिपुर दैनिकले समाचार लेखेपछि उनले हिजो पत्रकार सम्मेलन गरि स्पष्टिकरण दिए र आफ्नो बद…Read More
Secret Power Of North KoreaKim Jong-un born 8 January 1984 or 5 July 1984) is the Chairman of the Workers’ Party of Korea (WPK) and supreme leader of the Democratic People’s Rep…Read More
वैशाख ३१ मा साझा यातायात बन्द हुने
काठमाडौँ, २९ वैशाख । स्थानीय तह निर्वाचनका दिन वैशाख ३१ गते आइतबार साझा यातायात बन्द हुने भएको छ ।
दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन …Read More