प्रचण्ड नेतृत्वको सरकारमा उर्जा मन्त्रालय सम्हालेका जनार्दन शर्माले जाँदा जाँदै नीतिगत भ्रष्टाचार गरेका छन् । उनले पश्चिम कर्णालीका दुई ठूला जलविद्युत आयोजना तीला १ र तिला २ को पावर पर्चेज एग्रीमेन्ट(पीपीए) अमेरिकी डलरमा गराएर यस्तो भ्रष्टाचार गरेका हुन् । प्राधिकरणले सोमबार तिला १ र तिला २ को पीपीए डलरमा गर्ने निर्णय गरेको हो । डलरमा पीपीए गर्दा बार्षिक ५ अर्ब रुपैयाँ घाटा हुने भएपनि उनले जाँदा-जाँदै यस्तो राष्ट्रघाती निर्णय गरेका हुन् ।
‘लोडसेडिङ हटाएर हाइहाइ पाएपछि अरु कुरा खासै कसैलेपनि वास्ता गर्दैन भन्ने शैलीमा जाने बेलामा मन्त्रीबाट गलत काम भएको छ । आफ्नो पालामा लोडसेडिङ हटाएको र आफु हटेपछि जेसुकै होस् भन्ने शैलीमा उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यो पीपीए गर्न लगाएर उनलाईपनि फसाएका छन् ।’ उर्जा मन्त्रालयका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
नेपालगन्जको धम्बोझीमा भीषण आगलागी–नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र नेप…Read More