काठमाडौं । गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते भएका को-पाइलट सृजन मानन्धरको पनि उपचारका क्रममा ज्यान गएको छ। घाइते मानन्धरको पासाङल्हामु निकोल निकी अस्पताल लुक्लामा उपचारका क्रममा गएराति निधन भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। मानन्धरलाई थप उपचारका लागि काठमाडौं ल्याउने प्रयास भएपनि मौसम खराबीका कारण हेलिकप्टर उड्न नसकेपछि प्रयास असफल भएको थियो।
दुर्घटनामा पाइलट पारसकुमार राईको हिजो नै ज्यान गएको छ भने एयर होस्टेस प्रज्ञा महर्जनलाई भने थप उपचारका लागि आज बिहानै काठमाडौं ल्याइएको छ।
एनआरएन अध्यक्षमा भवन भट्टको उम्मेदवारी: गैरआवासीय नेपाल संघ (एनआरन)को अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी भट्टले अध्यक्षमा आफ्नो उम्मे…Read More
वडा अध्यक्षका उम्मेदवारको नागरिकता खारेज: जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका तर्फबाट निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार जयराम कुवँरको नागरिकता खारेज गरेको छ। कु…Read More
पुरुषले खानै पर्ने ८ खानाहरू...सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि प…Read More