२४ असोज, काठमाडौं । नेपाली सेना नेतृत्वको हेलचेक्रयाइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् । सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो
उनीहरु एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रुपमा कंगो गएका थिए । सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ । उनीहरु बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् ।