बलिवुड दुनियामा एक नामी फिल्म इन्डस्ट्रीमा गनिन्छ | त्यहा बेलाबेला विभिन्न स्क्यान्डलहरुले गर्दा पनि निक्कै चर्चा पाउने गर्छ | यस क्रममा चर्चित बलिउड नायिका श्रुति हासनले विवाह भन्दा अगाडि नै आमा बन्न कुनै समस्या नरहेको बताएकी छिन् ।
भारतीय मिडियाका अनुसार हसनले राम्रो केटा पाएँ भने विवाह अगाडि नै आमा बन्न मलाई कुनै समस्या छैन् भन्दै सबैलाई आश्चर्य चकित पारेकी छिन् | यसमा मलाई कुनै आपत्ती छैन उनि भन्छिन ।
उनले एक अन्तरवार्ताका क्रममा व्यक्तिगत जीबनका केही कुराहरु खुलासा गर्दै भनेकी छिन् म म्यूजिक डाईरेक्टर संग निकै क्लोज थिए मलाई लाग्थ्यो उनलाई निकै मन पराउँछु । तर, जव उनीसंग ब्रेकअप भयो मलाई महशुस भयो यो त आकर्षण मात्र रहेछ ।
त्यस पछी मेरो कोहि ब्वाईफ्रेन्ड छैन् । कामको ब्यस्तताका कारण मेरो ब्वाईफ्रेन्डलाई दिने समय नै छैन् । अहिले नै बिहे गर्ने सोँच नभएको र मेरो सबै समय आफ्नो करियर मै लगाएको छु उनि भन्छिन ।