भरतपुरमा ओलीको प्रचण्ड–देउबामाथि कडा प्रहार–‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


चितवन, २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउबामाथि कडा प्रहार गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीका अघिल्तिर लम्पसार पर्दा–पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरि घाउ नै घाउ भएको टिप्पणी गरेर प्रचण्ड– देउबातिर संके गरेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने( ‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन् ।’
माओवाद– –कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए । ओलीले भने– ‘चितवनकै बाँदरमुढे घटनाका घाइते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै सुम्लाका डाम छन् ।’

एमाले अध्यक्ष ओलीले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नबस्नसमेत आग्रह गरे । माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय बर्बाद बनाएको बताउँदै ओलीले भने( ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’

एमालेको चुनावी सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरकी उम्मेदवार दिव्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए ।एमाले अध्यक्ष ओली भरतपुरबाट आजै पूर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्तीमा हुने जनसभामा सहभागी हुने कार्यक्रम छ ।

Related Posts: