सडक बालबालिको वास्तविक जीवनशैली ! मर्मश्पर्शी एउटा ‘जीन्दगानी'…>>>{भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौँ | जन्म बिबाह र मृत्यु आफुले चाहेर पनि हुदैन | जता ततै बग्रेल्ती सडक,मठमन्दिर खोलाको किनार बिचल्लित र निर्दोष अलपत्र रुपमा सडक बालबालिका भेटिन्छन | भलै उनीहरुको पिडा भने सबैको एउटै हो | फरक परिबेस फरक समाज बाट आएका बालबालिकाहरुको मर्मस्पशी जीवनशैली कथा बेग्लै हुन सक्छ । सुख जीवन चाहने कसको पो रहर र चाहना हुदैन र ! तर पनि बिबस्तालाई अंगालेर यहाँ बाच्नु पर्ने जीवन को हरेक खुड्किलामा अशक्त अस्वस्थ्या शरीर लाई घिसारेर हिड्नु पर्छ | यी यस्ता जीवनशैलीलाई नजिकबाट नियाल्दा लाग्छ, ‘जीन्दगी आखिर यही हो ।’ यस्तै मर्मस्पर्शी तर समाजभित्रको वास्तविक र सधै देखिएको कथालाई समस्यालाई जस्ताको त्यस्तै उतारेर मोडल सम्झना राईले आफ्नो सुरिलो स्वरमा गाएकी छन् ।

‘जीन्दगानी’ बोलको यस गीतमा सम्झनाले नै मोडलिङ गरेकी छन् । यसै गीतबाट गायिका बनेकी मोडल सम्झनाको अभिनयको त कुरै छाडौं । यो भिडियो हेर्नेहरुको एकपटक अवश्य आँखा रसाउँनेछ । र, भन्नेछन्, ‘के यस्तो पनि जीन्दगानी ?’ यस गीतको भिडियोमा सडक बालबालिकाको जीवनशैली त छँदैछ नै, अपांगता भएकाहरुको जीवन तथा दिनचर्यालाई ऐना जतिकै उतारिएको छ । निर्देशकले गीतको मर्मलाई मर्न दिएका छैनन् । गीतको भाव र कथामा मोडल सम्झनाको अभिनय जीवन्त छ । उक्त भिडियो हेरिरहँदा लाग्छ, ‘यो पो हो अभिनय ।’

एक किसिमले भन्ने हो भने सम्झनाको अभिनयलाई यस भिडियोमा जति तारिफ गरे पनि कमै हुन्छ । हुन त मान्छेहरु हरेक परिवेशमा रमाएको हुन्छ । त्यस्तै सडक बालिबालिकाको पनि जीवनशैली फरक बनेको छ । त्यही वास्तविकता र समाजले अलग मानेको विकराल समस्यालाई गायक तथा संगीकार महेन्द्र राईले गीतमा उतारेका हुन् भने यस भिडियोको निर्देशन दर्पण राईले गरेका हुन् । यस भिडियोमार्फत दर्पणले आफ्नो निर्देशकीय क्षमता राम्ररी प्रस्तुत गरेका छन् । महेन्द्र राईकै संगीत रहेको ‘जीन्दगानी’ को भिडियोलाई डम्बर राईले खिचेका हुन् ।

Related Posts: