चुनावका लागि हिँडेका मतदाता बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दोलखा लामीडाँडा-७ का ७६ वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी घिमिरे रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार मुक्तिनाथको घटनास्थलमै मृत्यु भएको हो भने उनकी श्रीमतीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनामा परी २० भन्दा बढी यात्रु घाइते भएको प्रहरीको भनाई छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घाइतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ। घाइतेमध्ये ९ जना गम्भीर घाइतेलाई धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
बस दोलखाको कालिञ्चोक नगरपालिका जान लागेको थियो। बसमा सवार एक यात्रुका अनुसार सो बस माओवादी केन्द्रका मतदाता बोकेर दोलखा जाँदै थियो। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
कन्दरा ब्यान्डका कलाकार जापानमा वैशाख १, २०७४- नयाँ वर्षको अवसर पारेर जापानका नेपालीलाई मनोरञ्जन दिलाउन सांगीतिक कार्यकम लिएर आएको पोखराको चर्चित कन्दरा ब्यान्डका कलाकार शुक्रबार जाप…Read More
आफ्नै श्रममा नमुना बस्ती
वैशाख १, २०७४- जिल्लाको विकट गाउँका विस्थापित भूकम्पपीडितले १६ महिना लगातार खटेर ५५ परिवारका लागि नमुना बस्ती बनाएका छन् । केही सामाजिक संघसंस्थाले उ…Read More
‘हाम्रालाई होइन, राम्रालाई भोट’ वैशाख १, २०७४- झन्डै दुई दशकपछि हुन लागेको स्थानीय निकाय चुनावमा मत हाल्न सर्वसाधारण उत्सुक देखिएका छन् । उनीहरू दलीय हिसाबमा भन्दा पनि राम्रा व्यक्ति…Read More