भोजपुर : बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त नेपाली सेनाको विमानका चालक कैलास गुरुङ भोजपुरको छिनामखुका भएको खुलेको छ। केही दिनअघि लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलट पारसकुमार राई समेत भोजपुरकै हुन्। एक हप्ताभित्रमै भएका दुई विमान दुर्घटनामा भोजपुरले दुई पाइलट गुमाएको हो।
मंगलबार दुर्घटनाग्रस्त भएको सेनाको विमानका पाइलट भोजपुरको छिनामखुका हुन भने शनिबार लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट पारस भोजपुरको साङपाङका हुन्।