जेष्ठ १२, २०७४- नेपालमा जन्मिएर अष्ट्रेलियामा स्थापित ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ अष्ट्रेलियाको २ सयौं धनीको सूचीमा यसबर्ष पनि अटाएका छन् । उनीहरु यसबर्ष गतबर्षको भन्दा ५ स्थानमाथि उक्लिन्दै १ सय १ र २ स्थानमा परेका छन् ।
अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी ब्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ । आज प्रकाशित सूचीअनुसार घले दम्पती ६ सय ४७ मिलियन अष्ट्रेलियन डलरसहित उक्त स्थानमा परेका छन् । पत्रिकाका अनुसार उनीहरुको कूल सम्पती एक बर्षको अवधिमा १० दशमलव ४ प्रतिशतले बढेको छ । गतबर्ष १ सय ५ औं स्थानमा रहेका उनीहरुको कूल सम्पती ५ सय ८६ मिलियन डलर रहेको थियो ।
प्रवासी नेपालीहरुको संगठन एनआरएनको केन्द्रिय अध्यक्ष समेत रहेका घलेको मुख्य ब्यवसायको रुपमा मेलबर्नमा रहेको शैक्षिक संस्था मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी हो भने त्यस बाहेक घरजग्गा लगायतका ब्यवसायमा समेत उनी सफल बनेका छन् ।
उनले मेलबर्नको भिक्टोरिया मार्केटमा दुईवटा भवनमा ४७० अर्पाटमेन्ट र २ सय १० कोठा भएको होटल निर्माणका लागि अनुमती लिइसकेको पत्रिकाले जनाएको छ । नेपालमा गएको महाभुकम्प पश्चात अधिकांश समय नेपालमै बिताएका उनीहरुले भुकम्प पिडितहरुलाई निर्माण गर्ने भनिएको १ हजार घर निर्माणमा लागिपरेका छन् । उनीहरुले नेपालमा पनि अरबौं रुपैयाको लागतमा होटल निर्माण शुरु गर्ने बताईसकेका छन् ।
करिब दुई दशकअघि बिद्यार्थीको रुपमा आएका घलेले सुरुवाती समयमा सामान्य बिद्यार्थी सरह नै काम गरेका थिए । कान्तिपुरसँग केही समयअघिको कुराकानीमा उनले ब्यवसायलाई एकै स्थानमा केन्द्रित गर्नुभन्दा पनि विविधता दिनसक्नुपर्ने बताएका थिए ।
आफुले गरेको काममा लगन र विश्वास र मेहनतका साथ लागिपर्ने हो भने सफलता हात लाग्ने सुनाएका थिए । एनआरएनमा दोस्रो कार्यकालको नेतृत्व सम्हालिरहेका घलेको इन्ष्टिच्युटमा विजनेश, आइटी, एकाउन्टिङ्ग लगायतका विषयमा स्वदेशी र विदेशी गरेर सयौं बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
नेपाल आइडलको थिएटर राउण्ड (लाइभ भिडीयो)विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङ्खला नेपालमा पनि भै रहेको छ | अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र…Read More