आइतबार १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् । २. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् । ४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् । ५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् । ६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् । ७. कनै पनि कुरामा सम्झौता गर्दैनन् । ८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् । ९. अाइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । १०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन् ।
सोमबार १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । २. मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् । ३. निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटाे निराश हुन्छन् । ४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । ५. सम्बन्धहरुले निकै महत्व राख्नेछ । ६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् । ७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । ८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । ९. आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र साेमबार जन्मने मान्छेकाे सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । १०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।
मंगलबार १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र क्रियाशील हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्, जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरुले सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. एकाेहाेराे हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन्, तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् । २. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । ३. यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् । ४. नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । ५. कुरा गर्ने तरिका निकै प्रभावशाली छ । ६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुकाे जीवन निकै सन्तुष्ट हुन्छ । ७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् । ८. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । ९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् । १०. खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् । ११. वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् । १२. तीब्र बुद्धि हुने भएकाकारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहीबार १. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । २. मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् । ३. सफा र स्वच्छ विचारधाराका हुन्छन् । ४. भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् । ५. निकै मेहनत गर्छन् र आफ्ना सामान हरु अाफैले भनेकाे ठाउँमा हाेस् भन्ने चहान्छन् । ६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् । ७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसकाे प्रतिफल भोग्न पर्छ । ८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । ९. स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् । १०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ । ११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । १२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार १. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । २. धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् । ३. संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । ४. मधुर स्वरमा बाेल्छन् र मनमोहक मुस्कानका मालिक हुनेगर्छ । ५. निकै भावुक हुन्छन् जसकाकारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । ६. यदि पुरुष भए महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुन्छन् । ७. आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । ८. निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । ९. रिस निकै कम आउँछ, तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । १०. राम्रा गुणहरु नै यिनीहरुका लागि नराम्रो साबित हुन्छ । ११. धनको कमी हुँदैन तर तपाईं त्यसलाई वचत गर्न सक्दैनन् । १२. प्रत्येक कुराहरुमा सफलता निकै ढिलाे पाउँछन् तर जब पाउँछन् स्थायी रुपकाे हुन्छ, अर्को शब्दमा भन्नुपर्दा मेहनती र लगनशील हुन्छन् ।
शनिबार १. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने हरेक कुरामा परफेक्ट हुन्छन् । ३. हाइक्लास वस्तुहरु मनपराउँछन् । लगाउने लुगादेखि जुत्तासम्मले हाईक्लास पर्सनालिटी झल्काउँछ । ४. हुन त सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ । ५. कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुने स्वभाव हुन्छ। ६. पैसावाला हुन्छन्, तर छिट्टै पैसा खर्च गर्दैनन् । ७. संगीत र खेलमा रुची हुन्छ । ८. रिस उठेपछि नराम्रो सँग उठ्छ, भने गलत कुराहरुलाई सहन सक्दैनन् । ९. जिद्दि गर्छन् र आफूले भनेकोजस्तै हुनुपर्छ भन्ने विचार राख्छन् । १०. कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् । ११. वैवाहिक जीवन सुखमय हुन्छ ।
फेरियो राजपा नेताको व्यवहारभैरहवा : ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब मधेसको विकासका लागि भोट माग्न आएका छौं', सिद्धार्थनगर नगरपालिकाका मेयर प्रत्याशी एवं राष्ट्रिय जनत…Read More