एजेन्सी । जाडो मौसममा पैताला फुट्ने समस्या धेरैमा देखिने गर्दछ । पैताला नफुटोस् भन्ने धेरै चाहाना पनि हुन्छ । तर तपाईलाई सायद थाहा छैन होला एक कागतीले फुटेको पैताला ठिक गर्न सक्छ भनेर । त्यसको लागि तपाईले अरु केहि होइन कागतीलाई आफ्नो मोजामा राखेर ठिक गर्न सक्नुहुनेछ ।
यसको लागि तपाईलाई मोजा , कागती र नरिबलको तेलको आवश्यकता पर्दछ । कागतीलाई आधा काटेर अफ्नो पैतालामा मिल्ने आकार बनाउनुहोस् । काटेको कागतीलाई फुटेको कुर्कुचामा राख्नुहोस् । कागती राखेपछि त्यो भन्दा माथि मोजा लगाउनुस् र करीब आधा घण्टा छोड्नुस् । आधा घण्टा पछि मोजा खोलेर कागती हटाउनुहोस् । कागतीमा रहेको एसिडले फुटेको पैतला नरम गर्छ र मृत कोषलाई पनि सफा गर्दछ। अब सो स्थानमा नारिवलको तेल लगाएर मालिस गर्नुहोस । यसो गर्नाले तपाईको फुटेको पैताला केहि दिनमै ठिक हुन्छ ।