शाक्यलाई भेट्टाउन जोशीलाई मुश्किल ! सात हजार मतले शाक्य अघि(अपडेट)

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसलाई एमाले भेट्टाउन मुश्किल देखिएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो अग्रता बढाउँदै लगेपछि कांग्रेसका उम्मेदवार राजुराज जोशी पछि पर्दै हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार जोशी शाक्य भन्दा झण्डै सात हजार मतले पछि हुनुहुन्छ । माठमाडौं महानगरमा दोस्रो स्थानका लागि कांग्रेस, विवेकशील र साझा पार्टीको त्रिपक्षीय भिडन्त भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस भन्दा एमाले ६ हजार ९ सय ७२ मतले अगाडि छ। एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले २४ हजार २२ मत ल्याउनु भएको छ भने कांग्रेसका राजुराज जोशीले १७ हजार ५० मत ल्याउनु भएको छ।

उपमेयरमा भने कांग्रेस-माओवादी निक्कै अगाडि देखिएको छ । कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गीले २१ हजार ७ सय ३२ मत ल्याउनु भएको छ। एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजाराम श्रेष्ठले १२ हजार ९ सय ८१ मत ल्याउनु भएको छ । विवेकशील पार्टीकी स्वतन्त्र मेयर उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ६ सय ८८ मत ल्याउनु भएको छ भने साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले सात हजार तीन सय १४ मत ल्याउनु भएको छ। साझा पार्टीकी उपमेयर निरुपमा यादवले भने चार हजार ३ सय ९० मत ल्याउनु भएको छ। माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले २ हजार ६ सय ५३ मत ल्याउनु भएको छ भने उपमेयर सुशीला पौडेलले तीन हजार ६ सय ३९ मत ल्याउनु भएको छ। काठमाडौं महानगरमा 

अहिलेसम्म वडा नम्बर १, २, २५, २७ र २८ को परिणाम घोषणा भइसकेका छन् । ३, ४, ५, ६, ७, २२, २३, २४, २६, २९, ३०, ३१, ३२ अहिले मत गणना भइरहेको छ । १३ स्थानबाट मतगणना भइरहेको छ । आइतबार बिहानसम्म ६९ हजार ६५४ मत गनिसकिएको छ । काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेका छन् । तर वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए । मत गणना सुरु भएको एक हप्ता पुग्दासम्म एक चौथाई पनि मतगणना सकिएको छैन् । एक चौथाई मत मात्र गणनामा शाक्यले करिब ७ हजारले अग्रता लिएपनि उहाँको विजयी सुनिश्चित भने नभएको बताइन्छ ।


Related Posts: