रामेछापका राजनीतिक दल र तिनका उमेद्वारहरु मतदाताको मन जित्ने प्रयासमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


रामेछाप । स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र तिनका उमेद्वारहरु मतदाताको मनजित्ने प्रयासमा घरदैलो अभियानमा व्यस्त भएका छन् । आ–आफना घोषणापत्र र चुनावी नारा सहित घरदैलो अभियानमा लागेका उमेद्वारहरुको सक्रियता सँगै जिल्ला सदरमुकाम, नगरपालिका र गाँउपालिकाका वस्तीहरु सबै निर्वाचनमय भएको छ ।लामो समयको अन्तरालमा हुन लागेको स्थानीय निर्वाचन र मतदातामा वढेको चेतनासँगै वाटो चौतारी पँधेरा र चिया पसलमा पनि चुनावकै वारेमा चर्चा हुने गरेका छन् । स्थानीय तथा मतदाताहरुले चुनावले विकास र सम्बृद्धि तथा भोलिका दिनहरुमा विकासको लहरलाई निरन्तरता दिने स्थानीयको अपेक्षा छ ।

अहिले गाउँघरमा विहान देखी वेलुकासम्म मत माग्न आउने दल र स्वतन्त्र उम्मेदवारहरुको आगमन र चहलपहलले यतिवेला सिगों गाउँनै रमणीय बनेको छ । उनीहरुका घोषणा पत्र, गाजाबाजा सहित र भाषणहरुमा सहभागी हुनका लागि आम मतदाताहरुलाई भ्याईनभ्याई हुने गरेको छ । गाउँमा मत माग्न आएका उम्मेदवारहरुलाई सबैले स्थानीय समस्या र भोलिका दिनमा गर्नु पर्ने कामका वारेमा खुलेर कुरा गर्ने गरेका छन् । सबैका घोषणा पत्र र उम्मेदवारहरुको व्यवहारलाई हेरेर असल एवं राम्रो व्यक्तिको छनौट गर्न स्थानीयवासी एवं मतदाता लालायित छन् ।

अन्य निर्वाचनको तुलनामा झनै महत्व पाएको स्थानीय निर्वाचनमा विजय गराउन अनुरोध गर्दै उम्मेदवारहरु घर घरमा पुगेपछि स्थानीय मतादाताहरुमा पनि उत्साह थपिएको छ । आफ्नो गाउँको विकासमा आफैले छानेको उम्मेदवारले अगुवाई गर्न पाउने भएकाले पनि आफुहरु जिम्मेवार भएर उम्मेदवारको छनौट गर्ने सोचाइमा रहेको मतदाताहरुको भनाई छ ।

रामेछापका अधिकाँश स्थान सडक सञ्जालमा जोडिएकोले पनि बर्षा नभएकोले सबै गाउँठाउँमा सवारी साधन चल्ने गरेको छ । जसले गर्दा उम्मेदवारहरुलाई यातायातमा सहज त भएको छ तर कार्यकर्ताको यातायात, खानपान र उचित व्यवस्थापन गर्नु परिरहेको कारण उनीहरुको खर्चमा भने भारी बृद्धि भइरहेको देखिएको छ ।

Related Posts: