जेष्ठ १, २०७४- स्थानीय तह चुनावमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।
प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन् । मतगणना आइतबार राती सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गरेको छैन । घलेले २१४ मत पाए भने लामाले १७३ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरिन् । कूल ५११ मतदाता रहेको चामे गाउँपालिकामा ३९६ मत खसेको थियो । मनाङमा एमालेले दलीय चुनावमा जित हासिल गरेको यो पहिलोपटक हो ।
कोरिया र मलेसियामा दुई नेपालीको मृत्यु बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको छरघुगंगा गाउँपालिका २ भगवतीका २७ वर्षीय शिवकुमार कार्की र वडा नम…Read More