काठमाडौं महानगरपालिकामा एमालेको बहुमत

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखसहित बहुमत वडामा विजयी हासिल गरेको छ। राप्रपासँग चुनावी तालमेल गरेको एमालेले उपमेयरमा भने राप्रपा उम्मेद्वार राजाराम श्रेष्ठलाई भने जिताउन सकेन। कामपाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मतसहित विजय हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाए। उपमेयरमा भने कांग्रेसकी हरिप्रभाव खड्गी विजयी भइन्।

एमालेले मेयरसँगै अधिकांश वडामा जित हासिल गरेको छ। ३२ वडा रहेका काठमाडौं महागरपालिकामा एमालेले १८ वडामा विजयी हासिल गरेको छ। कामपा वडा नम्बर एकमा एमालेका भरतलाल श्रेष्ठ विजयी भए। यसैगरी वडा नम्बर २ मा राजेन्द्र श्रेष्ठ, वडा नम्बर ३ मा दीपक केसी, ४ मा मोहन विष्ट, वडा नम्बर ७ मा शुद्ध डंगोल, वडा नम्बर ९ मा रामकृष्ण श्रेष्ठ विजयी भए।

यसैगरी वडा नम्बर १२ मा विकास डंगोल। वडा नम्बर १३ मा ध्रुबनारायण मानन्धर, वडा नम्बर १४ मा शोभा सापकोटा, वडा नम्बर १५ मा ईश्वरमान डङ्गोल विजयी भए।

यसैगरी वडा नम्बर १८ मा न्हुच्छेकाजी महर्जन, वडा नम्बर २१ मा उदयचुडामणी बज्राचार्य, वडा नम्बर २२ मा चिनकाजी महर्जन, वडा नम्बर २३ मा मचाराजा महर्जन, वडा नम्बर २४ मा बालकृष्ण श्रेष्ठ, वडा नम्बर २७ मा चिनियामान बज्राचार्य, वडा नम्बर ३१ मा नारायण भण्डारी र वडा नम्बर ३२ मा नवराज पराजुली विजयी भएका छन्।

Related Posts: