कालिकोटको माल्कोटमा विप्लव माओवादीले मतपेटिका खोसेर जलाए, सुरक्षाकर्मीद्वारा हवाइ फायर, ४ स्थानीय र २ प्रहरी घाइते

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ३१, २०७४- कालिकोटको नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार बेलुका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मतपेटिका खोसेर जलाई दिएका छन् ।

८ सय ७९ मतदाता रहेको माल्कोटमा दिउँसो १२ बजेसम्म ५ सय ५० मत खसे पनि त्यसपछि मतदान गर्न कोही नआएको र बेलुकी ५ बजे मतदान केन्द्र बन्द गरेर गाउँपालिकाको केन्द्र कुमालगाउँ तर्फ आउने बेला विप्लव कार्यकताले ढुंगामुढा गरी मतपेटिका खोसेर जलाएका हुन् ।

प्रहरीले हवाइ फायरिङ गरे पनि निर्वाचन टोलीलाई घेराउ गरी मतपेटिका नियन्त्रणमा लिएर जलाएको प्रजिअ गिरीधारी सुवेदीले बताए । ‘मतपेटिका खोसेर जलाएका हुन्,’ प्रजिअ सुवेदीले भने, ‘निर्वाचन टोलीलाई रेस्क्यु गरेर कुमाल गाउँ तर्फ ल्याइँदैछ ।’



Related Posts: