अमेरिका अनुभव : नेपालमा अमेरिका मोह

भिडियो सहित हेर्नुहोस !
Advertisement
जेष्ठ ९, २०७४- अमेरिका र अमेरिकासँग सम्बन्धित प्राय सबै कुरामा नेपाली समाज अत्यन्तै उदार र उत्सुक छ । भिसा पाएको समयदेखि नै बधाई नभन्ने कोहि हुँदैन, यद्यपी त्यो बधाईमा नेपालमा हुनेहरुले लौ यो पनि जाने भयो भन्ने इर्ष्या र अमेरिकामा हुनेहरुले लौ यो पनि आउने भयो भनेर कुनै सहयोग गर्नु पर्ला कि भन्ने डर वा पहिले आफुले आफ्नो बारेमा बढाईचढाई लगाएको गफ थाहा पाउने भयो भन्ने त्रास मिसिएको भने हुन्छ नै