साझा : सार्वजनिक यातायातको अबको बाटो

भिडियो सहित हेर्नुहोस !
Advertisement


मंसिर ११, २०७३- सडक मार्गको बस यात्रा सहर—गाउँमा बस्ने नेपाली जनजीवनको अभिन्न अंग भइसकेको छ । परिवहन व्यवस्थित नहुनाले दिनहुँ बस, जिप, कार र मोटरसाइकलमा यात्रा गर्ने दसौं लाख नागरिक मारमा पर्ने गर्छन् । 
दुर्घटना, प्रदूषण, ढिलाइदेखि सेवा सुविस्ताको अभावमा दिनहुँ नागरिकले भोग्नुपरेको पीडाको राष्ट्रिय भार गह्रौं छ । सार्वजनिक यातायातको ठाउँमा ‘लेजे फेयर’ अराजकता विद्यमान हुनाले मानवीय पक्षबाहेक बजार र अर्थतन्त्रमा चोट पर्नेमात्र होइन, राज्यव्यवस्थालाई नै कमजोर बनाइरहेको छ ।
 मुलुक र समाजको हरेक क्षेत्रलाई दुई दशक लामो राजनीतिक अस्थिरताले सडक राजमार्ग परिवहनलाई पनि असर परेकै छ । तर ‘राजनीति सुध्रिएला’ भनेर कुरेर बस्नुको सट्टा नमुनामूलक काम गर्नुको विकल्प छैन, सरकारी, निजी तथा सहकारी क्षेत्रमा– मापदण्ड बसाल्ने गरी उदाहरण पेस गर्नुछ ।

Related Posts: