काठमाडौँ। काठमाडौँ महानगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले आफ्नो अग्रतालाई फराकिलो बनाउन क्रम जारी राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका शाक्यले ३१ हजार १सय ६७ मत पाएका छन्।
यसैगरी नेपाली कांग्रेसकातर्फबाट मेयरका उम्मेद्वार राजुराज जोशीले २२ हजार २ सय ८० मत पाएका छन्। यो मतपरिणाम अनुसार एमाले ८ हजार ८ समय ८७ मतअन्तरले अगाडि रहेको छ । यसअघि कांग्रेसका जोशी एमालेका शाक्यभन्दा नौ हजार ४९ मतले पछाडि रहेका थिए ।