दोलखामा एमाले र माओवादी केन्द्रबीच झडप, एमाले उम्मेदवारको छोराको मृत्यु -

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २७ वैशाख । चुनावी प्रचार प्रसारका क्रममा मंगलबार दोलखाको गौरीशंकर गाउँपालिका जुगुमा एमाले र माओवादी केन्द्रबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाले जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय तामाङको हत्या भएको जनाएको छ । उपचारको क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै तामाङको मृत्यु भएको थियो । मृतक तामाङको टाउकोमा भाला र खुकुरीको गहिरो चोट लागेको छ ।

कुलबहादुर गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई करिब साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ ।

पत्रकार बस्नेतले गौरीशंकर गाउँपालिका १ र २ जुँगुमा माओवादी केन्द्रकी नेतृ देवी खडका र नेता विशाल खड्काकै नेतृत्वमा आक्रमण भएको दाबी पनि गरेका छन् । तर, माओवादी केन्द्रका नेता विशाल खड्काले नेतृ देवी खड्कामाथि आक्रमण गरेकाले दोहोरो झडप हुन गएको दाबी गरेका छन् । प्रहरीले सो झडपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।




Related Posts: