९८ वर्षकी विश्वकै वृद्धा योगा प्रशिक्षक जो साडी नै लगाएर योगा सिकाउँछिन्, ५० आसन गर्नसक्ने उनको शरीर रबर जत्तिकै लचिलो छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारतकी सबैभन्दा वृद्ध योगा प्रशिक्षक हुन् ९८ वर्षीया भी। नानाम्मल । उनी विश्वकै दोस्रो वृद्धा प्रशिक्षक हुन् । ८ वर्षको हुँदा योगा गर्न सुरु गरेकी उनले यो कला आफ्नो बुवाबाट सिकिन् ।

९ दशकदेखि निरन्तर योगा गर्दै आएकी उनको अहिले शरीर पनि रबर जत्तिकै लचिलो भएको छ । अहिले पनि उनी दैनिक सयभन्दा बढि विद्यार्थीलाई आफ्नै निवासमा योगा सिकाउँछिन् ।

परम्परालाई विशेष महत्व दिने उनी परम्परागत साडी मात्र लगाएर योगा सिकाउन निस्किन्छिन् । ५० भन्दा बढि आसन गर्नसक्ने उनी सुत्नुभन्दा अघिसम्म विद्यार्थीहरुसँग हुन्छिन् ।

Related Posts: