रोल्पा : रोल्पाको थबाङ गाउँपालिकामा दुई जना दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ। रोल्पाकै सबै भन्दा सानो र थोरै मतदाता रहेको गाउँपालिका थबाङमा माओवादी केन्द्रबाट उम्मेदवारी दिनु भएका सदस्य निर्वाचित हुनु भएको हो।
थबाङ गाउँपालिकामा जम्मा पाँच वटा वडा रहेका छन्। वडा नम्बर ३ बाट रामकुमारी कामी र वडा नम्बर ४ बाट माया विक सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। यी दुवै वडामा अन्य दलबाट दलित महिला सदस्यको उम्मेदवारी नपरेपछि स्वतः निर्वाचित हुनु भएको हो।
कसैको पनि दावी विरोध नभएपछि चुनाव चिन्ह प्रदान गर्ने दिन निर्वाचन अधिकृत कमलबहादुर विष्टले दुवैजनालाई निर्वाचित भएको घोषणा गर्नु भयो। अन्य तीन वडामा भने दलित महिला सदस्य पदमा पनि चुनाव हुने भएको छ। नेकपाका कार्यकर्ता र कांग्रेसबीच अघोषित तालमेल भई उम्मेदवारी दिइएको छ। कांगे्रस, स्वतन्त्र, एमालेबाट दलित महिला सदस्य उम्मेदवार रहेका छन्। ५ हजार ७ सय ५५ मतदाता रहेको थबाङ गाउँपालिका स्वतन्त्र/कांग्रेस प्यानल र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
यात्रुवाहक बस आपसमा ठोक्किदा २० जनाबर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ३ स्थित भोलागौडी पेट्रोल पम्प नजिक विपरित दिशाबाट आइरहेको दुई बस दिउँसो आपसमा ठोक्किदा २० जना घाइत…Read More