बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ३ स्थित भोलागौडी पेट्रोल पम्प नजिक विपरित दिशाबाट आइरहेको दुई बस दिउँसो आपसमा ठोक्किदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट गुलरिया तर्फ गैरहेको ना ६ ख ५२७६ नम्बरको बस विपरित दिशाबाट आइरहेको ना ५ ख ३६९५ नम्बरको बस एक आपसमा ठोकिँदा ४ जना गम्भीर र १६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो।
दुर्घनामा बर्दिया ठाकुरबाबा नगरपालिका ४ निवासी २० बर्षीया कल्पना परियार, मधुवन नपा ४ की २९ बर्षीया बीचकुमारी चौधरी र गेरुवा गाउँपालिका ५ निवासी २२ बर्षीया पवित्रा न्यौपाने, ४७ वर्षीय पर्शुराम न्यौपाने गम्भीर भइते भएका छन्। सबै घाइतेको नेपालगञ्ज स्थित नर्सिङ्ग होममा उपचार भइरहेको उपरीक्षक बोहोराले जानकारी दिनुभयो । दुबै बस प्रहरी नियन्त्रणमा छन्।
शिब लिंग काे पूजा किन गरीन्छ ?अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस्…Read More