२९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताउनुभएको छ । भुमिजा मानवअधिकार सङ्गठनले यहाँ आज तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उहाँले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताउनुभयो । “तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– अध्यक्ष ओलीले भन्नुभयो, “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।”
उहाँले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी हो भन्नुभयो ।
“तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ”– अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुर्धाछौँ ।” उहाँले मधेसका शहीदलाई अपमान शब्द र त्यहाँका जनतालाई विहार र उत्तरप्रदेश जान आफूले कहिल्यै नभनेको स्पष्ट पार्दै तराई–मधेस सुगम भए पनि विकासका दृष्टिकोणले दुर्गमभन्दा पछि परेको धारणा व्यक्त गर्नुभयो ।
विवादमा रुद्रप्रियाप्रदर्शनको सँघारमा रहेको चलचित्र ‘रुद्रप्रिया' विवादमा परेको छ । निर्माण पक्ष पहिलोपटक हल र डिस होमबाट एकै दिन कात्तिक २ देखि प्रदर्शन प्रारम्भ गर्ने …Read More
अफगानिस्तानमा २९ जना तालिबान लडाकू मारिएअफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ ।अफगानिस्त…Read More
सार्वजनिक सवारीमा यौनजन्य हिंसा बढ्दो छ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी महिला सेल प्रमुख हुन्, शर्मिला गुरुङ । मेट्रो प्रहरीले गुरुङकै नेतृत्वमा गत साउनदेखि उपत्यकामा गुड्ने सार्वजनिक …Read More