र २९, २०७४- सन्दीप लामिछानेलाई कप्तान चुन्दै नेपालले सिंगापुरमा हुने यू–१९ विश्वकप छनोट एसियाका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । नेपालसहित अफगानिस्तान, मलेसिया र सिंगापुर समावेश प्रतियोगिता सोमबार सिंगापुरमा सुरु हुँदै छ । छनोट खेलाडीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, आसिफ शेख, प्रकाश केसी, अनिलकुमार शाह, पवन सर्राफ, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, प्रनित थापामगर, आदिल खान, किशोर महतो, रिजन ढकाल र साहब आलम छन् । सन्दीप जोरा, विक्रमकुमार भुषाल, रसिद खान र सुशान्तसिंह थापालाई वैकल्पिकमा राखिएको छ । आईसीसी एसियाका प्रमुख डेभलपमेन्ट अफिसर बैंकटपथी राजु, नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र नेपाली यू–१९ का प्रशिक्षक विनोद दाससम्मिलत छनोट समितिले खेलाडी छानेको हो । दासले दिल्लीमा गरेको अभ्यासलाई आधार मानेर खेलाडी छनोट गरिएको जनाए ।