जेष्ठ १९, २०७४- डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा डोटीमा पक्राउ परेका भारतीय प्रहरीका डिएसपीसहितको टोलीलाई नेपाल प्रहरीले बिनाकारबाही छोड्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी डिल्लीराज विष्टले आफैं स्कटिङ्ग गरेर सीमानाका कटाउन कञ्चनपुरमा रातारात लगिसकेका छन् । केन्द्रको निर्देशनअनुसार पक्राउ परेका भारतीय प्रहरीलाई कञ्चनपुरस्थित महाकाली अञ्चल प्रहरी कार्यालयबाट बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले जानकारी दिए । बन्धक बनाइएका दिपायल सिलगढी नगरपालिका वडा नं.८ का लालबहादुर आउजीसहित भारतीय प्रहरीका दुई सहयोगीलाई भने डोटीबाट नै छोडिएको बताइएको छ । उनीहरु बिहीबार राति २ बजे आउजीलाई कुटपीट गर्दै बन्धक बनाएर भारत लैजान गइरहेका थिए । स्थानीयले तत्काल प्रहरीलाई जानकारी दिएपछि सिलगढीमा उनीहरुलाई गाडीसहित पक्राउ गरेको थियो । बिहीबार दिउँसोसम्म प्रहरीले घटनाबारे सूचना लुकाउन खोजेको थियो । घटनाबारे औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले आज मात्र जानकारी दिएका हुन् ।
नेपाल प्रहरीलाई भारतीय प्रहरीको उच्च अधिकारीहरुले पक्राउ गरिएका आउजीसहित आफ्ना सहकर्मीहरुलाई छोडिदिन दबाब दिइरहेका थिए ।
यसकारण दिएनन् राजीनामा कार्तिक १, २०७४-सामूहिक राजीनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरू किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामु राजीना…Read More
टोटेनहम र रियल बराबरीमा कार्तिक १, २०७४-युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह 'एच' को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङलिस क्लब टोटेनहम हट्स्परबिचको खेल १-१ को बराबरीमा …Read More