प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् ।
विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताए ।
उनले भने, ‘योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ । बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ ।’
कोरिया र मलेसियामा दुई नेपालीको मृत्यु बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको छरघुगंगा गाउँपालिका २ भगवतीका २७ वर्षीय शिवकुमार कार्की र वडा नम…Read More