बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको छ
रघुगंगा गाउँपालिका २ भगवतीका २७ वर्षीय शिवकुमार कार्की र वडा नम्बर ६ पाखापानीका ओमबहादुर पुनको मृत्यु भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
९ महिना अघि कोरिया पुगेका कार्कीको गत गत शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो । त्यसैगरी १४ वर्षदेखि मलेसियामा कार्यरत पुनको सोमबार गाडीको ठक्कले मृत्यु भएको थियो ।