प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार्य भएको बताएको छ ।
प्रधानमन्त्रीको उम्मेदवारीबारे छलफल गर्न शनिबार एमाले स्थायी कमिटीको बैठक बसिरहेका बेला निर्वाचन आयोगको निर्णय आएको थियो । आयोगले मतगणना स्थल कब्जा भएको पाइएको भन्दै वडा नं. १९ को मतदान केन्द्रको मतपत्र रद्द गर्ने र पुनः मतदान गर्ने निर्णय गरेको छ ।
एमालेले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । साथै उसले संसदको जारी अवरोधलाई निरन्तरता दिने बताएको छ ।
निर्वाचन आयोगको गतिविधि शंकास्पद रहेको भन्दै एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले अनलाइनखबरसँग भने, ‘दोस्रो चरणको चुनाव नगराउने खेल हुन थालेको हामीलाई आभास भएको छ, आयोगको विषयमा संसदभित्र छलफल हुनुपर्छ