निर्वाचन आयोगले दलका प्रतिनिधिबाट मतपत्र च्यातिएपछि विवादीत बनेको चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्णय गरेको छ । मतगणनाको क्रममा मतपत्र च्यातिएपछि स्थगित भएको भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्नुपर्ने निष्र्कष आयोगले निकालेको हो ।
अनुगमन टोलीको प्रतिवेदन अध्ययन गर्दा मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको उल्लेख गर्दै निर्वाचन आयोगले वडा नम्बर १९ को मतदान केन्द्रलाई अवैध घोषित गरेर मतदान रद्ध गर्ने निर्णय गरेको हो ।
आज बसेको आयोगको बैठकले रद्ध गरिएको मतदान केन्द्रको पुन मतदान गराउन भरतपुर महानगरका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । गत जेठ १४ गते राती भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाको क्रममा माओबादी केन्द्रले प्रतिनिधीले ९० वटा मतपत्र च्यातेका थिए ।
यता, एमालेले निर्वाचन आयोगको निर्णयमा आपत्ती जनाउँदै आन्दोलनमा जाने चेतावनी दिएको छ । एमाले अध्यक्ष केपी ओलीले आयोगको निर्णय आपत्तीजनक भएको बताउदै आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने चेतावनी दिनुभएको छ ।
जापान सरकारबाट चार एम्बुलेन्स सहयोगजापान सरकारबाट सहयोग स्वरुप प्राप्त चारवटा एम्बुलेन्स काठमाडौंमा एक समारोहका बीच नेपाल रेडक्रस सोसाइटीलाई बुधबार हस्तान्तरण गरिएको छ। नेपाल रेडक्रस सो…Read More