अज्ञात समूहले खोटाङमा एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम बिष्फोट गराएको छ। रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा मंगलबार राती बम बिष्फोट गराएको हो ।
बिष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी शकुन्तला चौहान घाईते भएकी छन् । उनको दुबै खुट्टा डढ्नुका साथै चोट लागेको छ । । घरको सामुन्ने रहेको भान्छा कोठामा उम्मेद्वार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको अवस्थामा दुई वटा सुतली बम बिष्फोट गराइएको बताइएको छ ।
पहिलोपल्ट हानिएको बम बिष्फोट नभएपछि तत्काल दोश्रो बम हानिएको चौहान परिवारले बताएको छ । पहिलो बम नपड्केपछि अत्तालिएर भाग्दाभाग्दै अर्को बम हानिएको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। विष्फोटबाट किचनमा जमिन फाटेको छ । उम्मेद्वार चौहान चुनावी घरदैलो अभियानमै रहेका समयमा विष्फोट गराइएको हो ।
बिष्फोट नभएको सुतली बम निष्क्रिया पार्नका लागि दिक्तेलस्थित नेपाली सेनाको बिस्फोजल टोली बुधबार बिहान घट्नास्थल पुगेको छ।-
दशरथ रंगशाला बनाउने जिम्मा नेपाली सेनालाईकाठमाडौं : नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्…Read More
मुटु रोग के हो ? कसरी बच्न सकिन्छ ?मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेक…Read More
कांग्रेसका उम्मेदवार नै एमालेमा प्रवेशअछाम, जेठ ६ । अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ९ बुढा…Read More